२०७९ साल साउन ३१ गते मंगलबार

तपाईँ सुन्दै हुनुहुन्छः

शिक्षण अस्पतालले बीमा सेवालाई निरन्तरता दिने

रेडियो नेपाल २०७९ असार १५ गते २०:००

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।

अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले स्वास्थ्य बीमा बोर्डले बिमितको रकम उपलब्ध गराउने प्रतिबद्धता जनाएपछि स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता प्रदान गर्ने जानकारी दिनुभयो । 

उहाँका अनुसार अस्पतालबाट प्रविष्ट भएका दाबीको मूल्याङ्कन गरी शोधभर्ना अविलम्ब बोर्डले पठाउने भएपछि स्वास्थ्य बीमा सेवाले निरन्तरता पाउने  भएको छ । 

यसअघि अस्पतालले स्वास्थ्य बीमा बोर्डले बिमितको उपचारबापतको रकम उपलब्ध नगराएपछि आज असार १५ गतेदेखि बीमा कार्यक्रम स्थगित गर्ने जानकारी गराएको थियो ।

सम्बन्धित