तपाईँ सुन्दै हुनुहुन्छः

काठमाडौँमा १४ जनामा हैजा देखियो

काठमाडौँ ।  काठमाडौँ उपत्यकामा १४ जनामा हैजा देखिएको छ । 

गृह मन्त्रालयमा आज आयोजित मौसम पूर्व तयारी तथा प्रतिकार्य बैठकमा इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले १४ जनामा हैजा देखिएको र उहाँहरू उपचारपश्चात् घर फर्कनु भएको जानकारी दिनुभयो । 

हैजाका दुई बिरामीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ । उहाँहरूको अवस्था सामान्य छ । हैजाका पहिलो बिरामीको अवस्था अत्यन्त जटिल देखिएपछि सघन उपचार कक्ष ९आइसियु०मा राखेर उपचार गरिएको उहाँले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button