२०७९ साल साउन ३१ गते मंगलबार

तपाईँ सुन्दै हुनुहुन्छः

जनतान्त्रिक मुक्ति मोर्चाले गृहमन्त्री खाणलाई बुझायो ध्यानाकर्षण पत्र

रेडियो नेपाल २०७९ असार १५ गते १९:५४

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणलाई डा.मनोजकुमार झा नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चाले ठोस एवं निर्णायक पहल कदमीका लागि भन्दै आठ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।

गृह मन्त्रालयमा अपराह्न बुझाइएको ध्यानाकर्षण पत्रमा मोर्चा र सरकारबीच २०६८/०९/२६ गते भएको सम्झौता लगायत विभिन्न संसदीय, न्यायिक र राजनीतिक वार्ता समितिले मोर्चासँग गरिएका सहमति र सम्झौता कार्यान्वयन गर्न माग गरिएको छ ।

मोर्चाले सहमति कार्यान्वयन नहुँदा मोर्चाका नेता कार्यकर्ता वर्षौंदेखि कारागारमा रहन बाध्य भएको भन्दै सहमति कार्यान्वयन गरेर छोड्न आग्रह गरेको छ ।

ध्यानाकर्षण पत्र बुझ्दै गृहमन्त्री खाणले यथार्थता बुझेर समस्या समाधानका लागि पहल गर्ने बताउनुभयो ।

सम्बन्धित