तपाईँ सुन्दै हुनुहुन्छः

कार्यालय सहयोगी पदका कर्मचारीको सेवा समूह र पद परिवर्तन गरिने

काठमाडौँ । सरकारले श्रेणीविहीन स्थायी कार्यालय सहयोगी पदका कर्मचारीहरूको सेवा समूह र पद परिवर्तन गर्ने भएको छ । 

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले श्रेणीविहीन स्थायी कार्यालय सहयोगी पदका कर्मचारीको सेवा समूह र पद परिवर्तन गरिने बताउनुभयो । 

file photo

सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री कार्कीले कार्य सम्पादन करार निर्देशिका २०७९ स्वीकृत गर्ने र विभूषणमा प्रयोग हुने सुनको परिमाण घटाई बनोटमा हेरफेर गर्न स्वीकृति दिने निर्णय भएको जानकारी दिनुभयो । 

यस्तै, मध्य भोटेकोशी जलविद्युत आयोजनको २२० के.भी प्रशारण लाइनको लागि वन क्षेत्र प्रयोग गर्न दिने, भेडेटार स्काई वाक निर्माणको लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने, उपत्यका भित्रका प्रसारण लाइन, सब स्टेसनहरूको सुधार, स्तरोन्नति र विस्तारका लागि जग्गा प्राप्ति तथा प्रारम्भिक कारबाही चलाउने अधिकारी तोकिने निर्णय भएको मन्त्री कार्कीले बताउनुभयो ।

सशस्त्र प्रहरी दोस्रो संशोधन नियमावली २०७९ को मस्यौदामाथि लोकसेवा आयोगको परामर्श लिने, कार्बन उत्सर्जन न्यूनीकरण खरिद सम्झौता वार्ता टोली गठन गर्ने लगायतका निर्णयहरू भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button