तपाईँ सुन्दै हुनुहुन्छः

रिट्ठेपानी डाँडो कटान गर्न वन विभागको स्वीकृति

पोखरा । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको हवाई सेवा सञ्चालन गर्न जोखिमपूर्ण ठानिएको रिट्ठेपानी डाँडो कटान गर्न बाटो खुलेको छ ।

विमानस्थलमा हवाई उडान तथा अवतरणमा अवरोध गर्ने कास्कीको रिठ्ठेपानी डाँडा कटान गर्न वन तथा भू–संरक्षण विभागले स्वीकृति दिएको हो ।

रिट्ठेपानी डाँडाका जोखिमजन्य अवस्थामा रहेका रूख तथा पोलहरू हटाउन स्वीकृति दिन वन विभाग र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई सुरक्षाका लागि रिट्ठेपानी डाँडा अनिवार्य कटान गर्नुपर्ने मानिएको छ ।

लामो समयसम्म डाँडा कटानको स्वीकृति प्राप्त हुन नसक्दा काम अगाडी बढ्न सकेको थिएन । यो डाँडा कटानका लागि पूरक वातावरणीय प्रभाव मूल्याङ्कन (ईआइए) पनि वन मन्त्रालयले स्वीकृत गरिसकेको छ । उक्त डाँडा ४० मिटर काट्नुपर्ने अध्ययनले देखाएको छ । पोखरा विमानस्थलको निर्माण कार्य ९७ प्रतिशत सम्पन्न भएको छ । विमानस्थल निर्माण, यन्त्र–उपकरण जडानलगायत सबै प्रक्रिया पूरा गरेर १ जनवरी २०२३ देखि व्यावसायिक उडान थाल्ने क्यानको लक्ष्य छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button