तपाईँ सुन्दै हुनुहुन्छः

थाइल्याण्डका दुई उपप्रधानमन्त्री कोरोना भाइरसबाट सङ्क्रमित

बैङ्कक। थाइल्याण्डका दुई उपप्रधानमन्त्री कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ ।

स्थानीय सञ्चार माध्यमहरूले सम्प्रेषण गरेको समाचार अनुसार उपप्रधानमन्त्रीद्वय अनुतीन चार्नविराकुल र जुरिन लक्सानाभिसित सङ्क्रमित हुनुभएको हो ।

सङ्क्रमित हुनुभएका उपप्रधानमन्त्री अनुतीनले सार्वजनिक स्वास्थ्य मन्त्रालयको जिम्मेबारी समेत सम्हाल्नु भएको छ भने जुरिनले व्यापार मन्त्रालयको कार्यभार लिनु भएको छ ।

उहाँहरु दुबै जना विदेश भ्रमणबाट फर्केपछि सङ्क्रमित भएको पुष्टि भएको छ । उहाँहरु छुट्टा छुट्टै कार्यक्रममा सहभागी हुन वैदेशिक भ्रमणमा जानु भएको थियो ।

अनुतीन जेनेभा जानु भएको थियो भने जुरिन बेलायत जानु भएको थियो । अनुतीनलाई मांसपेशी दुखाई समेत भएको जनाइएको छ ।

जुरिनले भने सङ्क्रमित भएपनि घरबाटै काम गरिरहनु भएको छ । उहाँलाई खासै स्वास्थ्य समस्या देखिएको छैन ।

दुवै उपप्रधानमन्त्रीलाई कम्तीमा एक हप्ता आइसोलेसनमा बस्न सिफारिस गरिएकाले उहाँहरु अहिले आइसोलेसनमै रहनु भएको छ ।

मङ्गलबार मात्रै थाइल्याण्डमा एक हजार ७६१ जना नयाँ सङ्क्रमित भएको र १३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button