२०७९ साल साउन २४ गते मंगलबार

तपाईँ सुन्दै हुनुहुन्छः

अनलाइन जुवा खेल्ने १२ जना पक्राउ

बिश्वराम अधिकारी २०७९ असार १४ गते २०:४९

मकवानपुर । मकवानपुर प्रहरीले हेटौँडामा अनलाइन जुवा खेल्ने १२ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले विशेष सूचनाको आधारमा हेटौँडा–४ कमलडाँडा स्थित रुकमणी न्यौपानेको घरबाट ईलोक्ट्रोनिक्स सामान, नगदसहित अनलाइन जुवा खेल्ने १२ जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले न्यौपानेको घरमा तेस्रो र चौथो तल्ला भाडामा लिई सञ्चालनमा आएको सूर्य प्रसाद टेक्नोलोजी प्राइभेट लिमिटेडमा पैसाको हार जित हुने गरी अवैध रुपमा अनलाइन गेम (जुवा) खेल्ने खेलाउने गरेको फेला पारी नियन्त्रणमा लिएको आज पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

उनीहरूको साथबाट अनलाइन जुवा खेल्न प्रयोग भएका विभिन्न कम्पनीका १ सय १० थान मोबाइल, ३ थान ल्यापटप, ५ थान कम्प्युटर र नगद १ लाख ४५ हजार ७५ रुपैयाँ समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिनुभयो ।

पक्राउ पर्नेहरूमा हेटौँडा वडा नम्बर–९ लामसुरेका २३ वर्षीय निशान आचार्य, हेटौँडा–४ कमल डाँडाका २४ वर्षीय राजीव गौतम, हेटौँडा–११ बस्ने २७ वर्षीय मधुकर बानियाँ, हेटौँडा–१४ चुरीयामाई बस्ने २४ वर्षीय निमा थिङ, हेटौँडा–१२ बस्ने २३ वर्षीय विकास बल र मनहरी गाउँपालिका–४ मसिने बस्ने २० वर्षीय जोसिल खत्री, गोरखा पालुङटार नगरपालिका–७ बस्ने २२ वर्षीय डुलास तामाङ, २० वर्षीय तिकमान तामाङ, २१ वर्षीय राजु तामाङ, पालुङटार–८ बस्ने २५ वर्षीय अमोश तामाङ र बारा जिल्ला निजगढ नगरपालिका–४ बस्ने २० वर्षीय अर्पण खड्का रहेका छन् ।

घटनाका विषयमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सम्बन्धित