तपाईँ सुन्दै हुनुहुन्छः

महिलालाई बोक्सीको आरोपमा कपाल मुन्डन गरी कुटपिट

बारा । एक महिलालाई बोक्सीको आरोपमा कपाल मुन्डन गरी कुटपिट गरिएको छ । पचरौता नगरपालिका–५ बेल्दारीमा एक महिलामाथि बोक्सीको आरोपमा कुटपिट भएको हो ।

कुटपिट हुनेमा सोही स्थान निवासी ३५ वर्षीया जयदा खातुन हुनुहुन्छ । स्थानीय नसरुदीन मियाँ अन्सारी, फुलमहम्मद अन्सारी, तबरेज अन्सारी लगायतको समूहले खेतबाट माटो चोरी गरिरहेको बेला रोक्न जाँदा बोक्सीको आरोप लगाएर आफूलाई कुटपिट गरेको पीडित खातुनले बताउनुभयो । कुटपिट गर्नेहरूले खातुनलाई कपाल मुन्डन गर्न लगाएर गम्भीर रूपले घाइते बनाएका छन् ।

खातुनलाई जोगाउन गएकी उहाँकी भाउजू सकिना खातुनलाई समेत उनीहरूले कुटपिट गरेर घाइते बनाएको पीडित पक्षको आरोप छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता राजेश थापाले बोक्सी आरोपमा कुटपिट गरी घाइते बनाएको घटनाका दोषीलाई नियन्त्रणमा लिएर कारबाही गरिने बताउनुभएको छ ।

घाइते खातुनको प्रादेशिक अस्पताल कलैयामा उपचार भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button