तपाईँ सुन्दै हुनुहुन्छः

जसरी पनि चुनाव जित्नुपर्छ भन्ने गलत मान्यता त्याग्नुपर्छ : अध्यक्ष ओली

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  लोकतान्त्रिक पद्धतिलाई सबल बनाउन जसरी पनि चुनाव जित्नुपर्छ भन्ने गलत मान्यता त्याग्नुपर्ने बताउनुभएको छ ।

जननेता भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको सार  लोकतन्त्र न्याय र समानतामा आधारित व्यक्ति र समाजको जीवन पद्धति भएको उल्लेख गर्नुहुँदै ओलीले  समाजमा रहेका वर्ग, चिन्तन, पेशा, व्यवसाय, मनस्थिति र तिनका समाधानका उपायको खोजी गर्न पनि जबजको सिद्धान्त मननयोग्य भएको बताउनुभयो ।

एमाले अध्यक्ष ओलीले आफू प्रधानमन्त्री भएको बेला एसपीपीमा नेपालको पनि नाम आएपछि आफूले कार्यदल बनाएर रोकेको बताउनुभयो ।  

सोही अवसरमा मदन भण्डारी राष्ट्रिय पुरस्कारबाट धरानका सोताङ अर्ग्यानिक फार्म सञ्चालन कृष्ण राईलाई पुरस्कृत गरिएको छ । 

त्यसैगरी मदनभण्डारी रूपान्तरण पुरस्कार प्रेरणा महिला विद्यालयलाई प्रदान गरिएको छ । दुवै पुरस्कारको राशि एक लाख रुपैंयाको  रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button