तपाईँ सुन्दै हुनुहुन्छः

संचारमन्त्री कार्कीद्वारा रेडियो नेपालको ओटीटी एप्स सार्वजनिक

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले रेडियो नेपालको डिजिटल प्लेटफर्म ओटीटी एप्स आज सार्वजनिक गर्नुभएको छ ।

रेडियो नेपालको कार्यालय सिंहदरबारमा आज आयोजित एक विशेष कार्यक्रममा उहाँले उक्त एप्स सार्वजनिक गर्नुभएको हो ।

रेडियो नेपालले विगत वर्षहरूदेखि नै डिजिटलाइजेसन गरिसकेका श्रव्य सामग्रीहरूको बजारीकरण गरी थप आय आर्जन गर्न ओटीटी एप्स सार्वजनिक गरेको हो ।

तस्बिरमा हेर्नुहोस् एप्स शुभारम्भ कार्यक्रम :

प्रतिक्रिया राख्नुहोस्

Back to top button