तपाईँ सुन्दै हुनुहुन्छः

युक्रेनी सहर क्रेमेनचुकमा भएको रुसी क्षेप्यास्त्र आक्रमणमा कम्तीमा १६ जनाको मृत्यु

फोटो: रोयटर्स

युक्रेनी सहर क्रेमेनचुकमा रहेको एक किनमेल केन्द्रमा भएको रुसी क्षेप्यास्त्र आक्रमणमा हाल सम्म १६ जनाको मृत्यु भइसकेको छ भने ६० भन्दा बढी घाइते भएका छन् । 

युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले क्षेप्यास्त्र आक्रमण युक्रेनी समय अपराह्न ३ः५० मा भएको र त्यस समयमा केन्द्र भित्र हजार जना भन्दा बढी सर्वसाधारण रहेका बताउनु भएको छ । 

जर्मनीको ब्रभेरियामा जारी समृद्ध राष्ट्रहरूको समूह जी सेभेनले उक्त आक्रमणको घोर भर्त्सना गरेको छ । 

क्षेप्यास्त्र आक्रमण पछि केन्द्रमा भीषण आगलागी भएको छ थियो । मृतकको संख्या अझै बढ्न सक्ने बिबिसीले उल्लेख गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button