तपाईँ सुन्दै हुनुहुन्छः

‘आगामी केही हप्ता’मा बाइडेन र सीबीच फोनवार्ता हुने’

इलमाउ। आगामी केही हप्ता’मा एक बाइडेन र सीबीच फोनवार्ता हुने अमेरिकाले जनाएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेन र उहाँका चिनियाँ समकक्षी सी चिनपिङबीच ‘आगामी केही हप्तामा’ भेटवार्ताको तयारी भएको अमेरिकी वरिष्ठ अधिकारीले सोमबार बताउनुभएको हो ।

दुई नेताबीच ‘आगामी केही हप्तामा भेटवार्ता हुने सम्भावना रहेको छ,” अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले भन्नुभयो ।

विश्वका दुई ठूला अर्थव्यवस्था भएका मुलुकका नेताबीच लामो समयदेखि जारी व्यापार विवाद, ताइवान बिषय र यूक्रेन आक्रमणमाथि पश्चिमी प्रतिबन्धको सामना गर्न रूसलाई मद्दत नगर्न बेइजिङलाई आह्वान हुने अपेक्षा गरिएको छ ।

एक हप्ताअघि, बाइडेनले ‘राष्ट्रपति सीसँग वार्तालाप गर्ने’ योजना सार्वजनिक गर्नुभएको थियो ।

“हामीले अहिलेसम्म समय तोकेका छैनौं,” उहाँले भन्नुभयो, केही दिन अघि उहाँले ‘छिट्टै’ फोन हुन सक्छ भन्नुभएको थियो ।

दुई नेताबीचको अन्तिम भिडियो सम्मेलन मार्च १८ मा भएको थियो । उक्त भेटमा बाइडेनले सीलाई यूक्रेनको आक्रमणमा रूसलाई सहयोग नगर्न चेतावनी दिनुभएको थियो ।

छलफलका प्रमुख बिषयहरूमा डोनल्ड ट्रम्पको नेतृत्वमा लगाइएको केही व्यापार शुल्क हटाउने बिदेसको सम्भावित निर्णय हुने अपेक्षा गरिएको छ । ट्रम्प प्रशासनले केही चिनियाँ आयातमा २५ प्रतिशत अतिरिक्त शुल्क लगाउने निर्णय भएको थियो । यो निर्णयले चीन–अमेरिकाबीचको व्यापार विवाद थप बढेको थियो ।

यस दण्ड (अतिरिक्त कर) को उद्देश्य संयुक्त राज्य अमेरिकाले ब्यापारमा चीनको अनुचित व्यापारिक अभ्यासहरू कम गर्न र अमेरिकी उत्पादकहरूको सुरक्षा गर्नु रहेको बताइएको थियो ।

यो कदम राजनैतिक तवरमा अमेरिकामा लोकप्रिय बनेको थियो तर संयुक्त राज्य अमेरिकामा ४० वर्षे उच्च मुद्रास्फीतिले गर्दा बाइडेनले मूल्य दबाब कम गर्ने उपाय खोज्ने क्रममा चिनियाँ सामान आयातमा लगाइएका केही अतिरिक्त कर विचार भइरहेको बताउनुभएको थियो ।

कुनै पनि निर्णय चाँडै आउनुपर्नेछ किनभने ट्रम्पले लगाएका अतिरिक्त शुल्कहरू छिट्टै नवीकरण नभएमा जुलाई ६ देखि तीमध्ये केहीको म्याद समाप्त हुनेछ ।एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button