तपाईँ सुन्दै हुनुहुन्छः

मदन भण्डारी राष्ट्रिय पुरस्कार घोषणा

काठमाडौँ । मदन भण्डारी फाउन्डेसनले यस वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कारबाट अर्ग्यानिक खेतीबाट उत्पादन र बजारीकरणमा विशेष योगदान पुर्‍याउनुहुने धरानका कृष्ण राईलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।

७१ औँ मदन जयन्तीका अवसरमा आयोजना गर्ने साताव्यापी कार्यक्रमबारे जानकारी दिन आज फाउन्डेसनले पत्रकार सम्मेलन गरी पुरस्कृत व्यक्तित्वहरूको नाम सार्वजनिक गरेको हो ।

मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार प्रेरणा माध्यमिक विद्यालय, ललितपुरले पाउने भएको छ ।

दुवै पुरस्कारको राशि एक/एक लाख रुपैंया रहेको फाउन्डेसनले जनाएको छ ।

उक्त पुरस्कारहरू ७१ औँ मदन जयन्तीको अवसरमा यही असार १४ गते आयोजना हुने विशेष कार्यक्रममा प्रदान गरिने फाउन्डेसनले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button