तपाईँ सुन्दै हुनुहुन्छः

जिसस रौतहटमा गठबन्धनका उम्मेदवार विजयी

रौतहट । जिल्ला समन्वय समिति रौतहटको आइतबार भएको निर्वाचनमा सत्ता पक्षीय गठबन्धन विजयी भएको छ ।

नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादीको गठबन्धनबाट सभापतिका उम्मेदवार नेपाली काँग्रेसका राम अयोध्या यादव, उपसभापतिमा नेकपा समाजवादीका महेश बैठा निर्वाचित भएका छन् ।

यसैगरी सदस्यहरूमा नेपाली काँग्रेसका अशोक कुमार झा, इन्दु देवी, बिजुलिया पासवान र शेख मोज्जमिल, नेकपा समाजवादीका किरण देवी पण्डित, सरफलाल यादव र नेकपा माओवादी केन्द्रका कमलादेवी ढकाल निर्वाचित भएका छन् ।

नेकपा एमालेले सभापतिमा शेरबहादुर पटेल, उपसभापतिमा प्रमीला देवी लगायतलाई उम्मेदवार बनाएको थियो ।

रौतहटको १८ पालिकामा जिल्ला समन्वय समितिमा ३६ मत रहेको थियो । जसमध्ये गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका राम अयोध्या यादवले २६ र उपसभापतिमा नेकपा एकिकृत समाजवादी अशोक कुमार झाले २४ मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button