तपाईँ सुन्दै हुनुहुन्छः

बस दुर्घटना हुँदा एकको मृत्यु, ११ घाइते

सप्तरी। सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा पर्ने पूर्वपश्चिम राजमार्गमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ११ जना यात्रु गम्भीर घाइते भएका छन्। 

पूर्व पश्चिम राजमार्ग अन्तर्गत हनुमाननगर कंकालिनी नगरपालिका वडा न.१ स्थित कंकालिनी मन्दिर र कोशी ब्यारेजको बीचमा आज बिहान बस पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनएको छ।

सो दुर्घटनामा नाम र ठेगाना खुल्न नसकेका अन्दाजी ५५ वर्षीया महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो।

उक्त बसमा सबार ११ जना घाइते भएका छन्। घाइते मध्ये ६ जनाको भारदह अस्पतालमा र ५ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। यता दुर्घटनापछि बसका चालक फरार भएको र उनको खोजी भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.५ख १८९८ नम्बरको यात्रुवाहक बस अचानक अनियन्त्रित भएर सडकभन्दा २० फिट तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी सप्तरीले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button