तपाईँ सुन्दै हुनुहुन्छः

लागु औषधसहित एक जना पक्राउ

कञ्चनपुर । कञ्चनपुर प्रहरीले लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ ।

शनिबार दिउँसो वडा प्रहरी कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी बिट सालघारीबाट खटिएको प्रहरी टोलीले भीमदत्त नगरपालिका वडा नम्बर १८ सालघारीबाट २६ वर्षीय किशन दमाईलाई पक्राउ गरेको हो ।

नयाँ कटानको पक्की सडक खण्डमा शङ्कास्पद रूपमा उभिइराखेका दमाईलाई खानतलासी गर्दा ४७.५५ ग्राम लागु औषध (चरेस) बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लाल बहादुर बमले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button