तपाईँ सुन्दै हुनुहुन्छः

बाढीले बगायो मेलम्ची ११ स्थित फट्टेको अस्थायी पुल 

सिन्धुपाल्चोक । गए राती आएको बाढीले मेलम्ची नगरपालिका वडा नं. ११ स्थित फट्टेको अस्थायी पुल बगाएको  छ । गत असार १ गते आएको बाढीले मेलम्चीको पक्की पुल बगाएपछि अस्थायी पुलको रूपमा ह्युमपाइप हालिएको थियो ।

अस्थायी पुलमा क्षति पुगेसँगै सडक बन्द भएको स्थानीय दशरथ दनुवारले बताउनुभयो । यसबाट  ६ वटा वडाका नागरिकहरूलाई आवतजावतमा समस्या आएको छ ।

मध्यरातमा एक्कासि नदीको बहाव बढेसँगै  हेलम्बु र मेलम्ची नदी आसपासका स्थानीय घर छोडेर सुरक्षित स्थानमा गएका थिए । राती १२ बजे घर छोडेर डाँडातिर गएर बसेको हेलम्बु २ की प्रभा भण्डारीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button