तपाईँ सुन्दै हुनुहुन्छः

ट्युनिसियाका राष्ट्रपतिलाई सुरक्षा चेतावनी आएको दावी

ट्युनिसियाका राष्ट्रपति केयस सैयदलाई ‘गम्भीर सुरक्षा चेतावनी’ आएको छ ।

शुक्रबार आन्तरिक मन्त्रालयले राष्ट्रपतिलाई गम्भीर सुरक्षा चेतावनी आएको बताएको हो ।

मन्त्रालयका प्रवक्ता फधिला खेलीफीले पत्रकार सम्मेलनमा भन्नुभयो, “अझै पनि चेतावनीको आधिकारिकताबारे विश्वसनीय अनुसन्धानहरू भइरहेका छन् । उहाँलाई सात्तामा आएको करिब एक बर्षमा यस्तो गम्भीर सुरक्षा चेतावनी आएको हो ।

उहाँले भन्नुभयो, “राष्ट्रपतिको सुरक्षालाई लक्षित गर्न र उत्तर अफ्रिकी यस मुलुकको राज्य सुरक्षालाई क्षति पु¥याउन र राजनीतिक अस्थिरता सृजना गर्ने देशी तथा विदेशी समूहहरूको योजना रहेको देखिएको छ ।” यद्यपि उहाँले खतरा वा त्यसको सुरुआतबारे थप जानकारी दिनुभएन ।

यसैबीच राष्ट्रपति सैयदका आलोचक तथा विपक्षी दलका प्रमुख नेता अहद नेजिब चेबी उक्त दाबीमाथि आशङ्का व्यक्त गर्नुभएको छ ।

चेबीले एएफपीसँग भन्नुभयो, “यो केवल उहाँका विरोधीहरूको थप गिरफ्तारीको सफाइ दिन र आफ्ना प्रतिद्वन्द्वीहरूविरुद्ध बदला लिने षड्यन्त्र हुनसक्छ ।”एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button