तपाईँ सुन्दै हुनुहुन्छः

शिक्षा नै विकासको मेरुदण्ड: शिक्षामन्त्री पौडेल

भैरहवा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा नै विकासको मेरुदण्ड भएको बताउनुभएको छ ।

शुक्रवार लुम्बिनी बौद्ध विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा मन्त्री पौडेलले राष्ट्र निर्माणमा शिक्षा महत्त्वपूर्ण पाटो भएको बताउँदै शिक्षा नै विकासको मेरुदण्ड भएको बताउनुभयो । उहाँले बौद्ध विश्वविद्यालय विशिष्टीकृत विश्वविद्यालय भएकाले त्यसको आफ्नै महत्त्व रहेको उल्लेख गर्नुभयो ।

उहाँले लुम्बिनी बौद्ध विश्वविद्यालयलाई बुद्धका उपदेश र बौद्ध शिक्षालाई जीवनोपयोगी बनाउने गरी शैक्षिक अनुसन्धानको केन्द्र बनाउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button