तपाईँ सुन्दै हुनुहुन्छः

सुनसरीका टीका आत्रेयको कविता पहिलो

काठमाडौँ ।नेपाल प्रज्ञा प्रतिष्ठानको ६५ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कविता महोत्सवमा सुनसरीका टीका आत्रेयको ‘सङ्कल्प’ शीर्षकको कविता पहिलो भएको छ ।

यसैगरी धादिङका यात्रीप्रकाश पाण्डेको ‘आगोमा फुलेको देश’ दोस्रो भएको छ । यसैगरी तेस्रो हुने कवितामा भक्तपुरकी सीता तुम्खेवाको ‘चरिसो फूल’, सुनसरीका किरन सिवाको ‘बुबाको सिलाइ मेसिन’ र अछामका कमलराज केसीको ‘सपना उम्रन्छ माटोमा’ गरी तीन कविता रहेको प्रतिष्ठानका सदस्य सचिव प्रा जगतप्रसाद उपाध्यायले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पहिलो हुनेलाई रु ५० हजार, दोस्रो हुनेलाई रु ४० हजार र तेस्रो हुने कवितालाई रु ३० हजार पुरस्कार दिइने प्रतिष्ठानले जनाएको छ । विसं २०२२ देखि प्रतिष्ठानले कविता महोत्सव आयोजना सुरु गरेको हो । यो ५३ औँ कविता महोत्सव हो । महोत्सवमा भाग लिने ५८८ कविताले आवेदन दिएकामा ३० कविता छनोट भएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button