तपाईँ सुन्दै हुनुहुन्छः

एसीसी महिला टी-२० च्याम्पियनसिप: यूएई ८१ रनमै अलआउट

काठमाडौँ । एसीसी महिला टी-२० च्याम्पियनसिपको फाइनलमा पुग्न नेपाललाई संयुक्त अरब इमिरेट्स (यूएई)ले सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

मलेसियाको किनरारा ओभलमा भएकाे पहिलाे सेमिफाइनलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको यूएई १९.४ ओभरमा अलआउट हुँदै ८१ रनमै समेटिएको हो । यूएईका लागि बैष्षणी महेशले सर्वाधिक १६ रन जोडिन् । त्यस्तै, इशा ओझाले १५ रन, छाया मुगलले १४ रन तथा खुशी शर्माले १२ रन बनाइन् ।

यूएईलाई सस्तैमा समेट्न नेपालकी अस्मिना कर्माचार्य एक्लैले ५ विकेट लिइन् । उनी अञ्जली चन्द र नेरी थापापछि पाँच विकेट लिने तेस्रो नेपाली महिला खेलाडीसमेत बनेकी छन् । साथै इन्दु बर्माले ३ विकेट तथा सीता रानामगरले २ विकेट लिइन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button