तपाईँ सुन्दै हुनुहुन्छः

मुलुकको भाषा, साहित्य, संस्कृति र दर्शनको प्रवद्र्धनमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री 

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको भाषा, साहित्य, संस्कृति र दर्शनको प्रवद्र्धनमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

नेपाल प्रज्ञाप्रतिष्ठानको ६५औँ वार्षिकोत्सवका अवसरमा आज काठमाडौँमा आयोजित राष्ट्रिय कविता महोत्सव ,२०७९ लाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले नेपालका सबै समुदायको भाषा, संस्कृति र दर्शनको प्रवद्र्धनमा प्रतिष्ठानले अघि बढाउने नयाँ सोच र  कार्यक्रमलाई सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले महाकवि लक्ष्मीप्रसाद देवकोटा नेपाली वाङ्मयका विराट प्रतिभा भएको भन्दै उहाँको मैतीदेवीमा रहेको कवि कुञ्जलाई संग्राहलयमा रूपान्तरण गर्ने कार्यको प्रशंसा गर्नुभयो ।

उहाँले बजारमा उपलब्ध हुन छाडेका कृतिहरूको पुनः प्रकाशन गर्ने प्रज्ञा प्रतिष्ठानको कार्यले नयाँ पुस्ताको पठनपाठनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button