तपाईँ सुन्दै हुनुहुन्छः

युक्रेन युरोपेली संघको सदस्यताको प्रत्यासी हुने

ब्रसल्स। । युक्रेन युरोपेली संघको सदस्यताको प्रत्याशी हुने भएको छ ।

बेल्जियमको राजधानी ब्रसल्समा हुने युरोपेली संघकाे आगामी सम्मेलनले युक्रेनलाई सदस्यताको प्रत्याशी घोषणा गरिने बिबिसीले जनाएको छ ।

युरोपेली आयोगले युक्रेनले सदस्यताका लागी दिएको आवेदन स्वीकृत भए पछि युक्रेन सदस्यताका लागी प्रत्याशी हुन लागेको हो ।

रुसको आक्रमण पछि युक्रेनले युरोपेली संघको सदस्यताका लागी आवेदन दिएको थियो ।

युरोपेली संघकाे सदस्यताका लागि प्रत्याशी हुनाले युक्रेनको मनोबल बढ्ने युरोपेली संघका लागी युक्रेनका राजदूतले बताउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button