२०७९ साल असार १८ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

यूक्रेनलाई पुनर्निर्माण गर्न ’मार्शल प्लान’ चाहिन्छ : जर्मन चान्सलर

रेडियो नेपाल २०७९ असार ९ गते ७:१४

रूसको आक्रमणबाट भएको विनाशपछि पुनःनिर्माणका लागि यूक्रेनलाई बृहत् आर्थिक सहयोगको खाँचो रहेको जर्मन चान्सलर ओलाफ सोल्जले बुधबार बताउनुभएको छ ।

उहाँले पुनर्निर्माण ‘पुस्तौँसम्म लाग्ने’ बताउनुभएको छ । यूक्रेनका लागि ‘मार्शल योजना’ कस्तो रहने भन्ने कुरामा सहमति जनाउन सोल्जले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई आइतबारदेखि सुरु भएको जी–७ शिखर सम्मेलनमा भाग लिन आमन्त्रित गरिएको बताउनुभयो ।

दोस्रो विश्वयुद्धपछि पश्चिमी यूरोप पुनः र्निर्माणमा मद्दत गर्न अर्बौ प्रदान गर्ने अमेरिकी पहलको सन्दर्भमा छलफल गर्न अहिले यूरोप र अमेरिकी मुलुकहरूका नेता जर्मनीमा भेला भएका छन् ।

रूस विरुद्धको लडाइँमा पश्चिमी सहयोगीहरु यूक्रेनको समर्थनमा दृढ रहनुपर्छ, जर्मन चान्सलर ओलाफ सोल्जले भन्नुभयो ।

उहाँले भन्नुभयो, “पुटिनले अन्तमा आफ्नो विशाल गलत निर्णयलाई मान्यता नदिएसम्म हाम्रा प्रतिबन्ध, अन्तरराष्ट्रिय तवरमा समन्वयित हातहतियार वितरण, यूक्रेनका लागि हाम्रो वित्तीय समर्थनका साथ हामी आगामी मार्गमा दृढतापूर्वक रहनु महत्वपूर्ण हुनेछ ।एएफपी

सम्बन्धित