तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा अग्रज खेलाडीलाई सम्मान

बाँके । ओलम्पिक दिवस–२०२२ को अवसरमा आज बाँकेका अग्रज खेलाडी सम्मानित भएका छन् ।

सो क्षेत्रबाट बाँकेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा सहभागी भएर बाँकेबाट नेपालको पहिचान बनाउन सफल अग्रज खेलाडीहरूलाई ‘ओलम्पिक डे–२०२२’ ले सम्मान गरिएको हो ।

स्पोर्ट्स फर अल लुम्बिनी प्रदेशले आयोजना गरेको सम्मानमा भलिबलका पुराना खेलाडी तथा अन्तर्राष्ट्रिय रेफ्री अजित कुमार शर्मा, ओलम्पिक कमिटीका कोषाध्यक्ष रतन टण्डन, पुराना अग्रज खेलाडी फजल अब्बास रिज्वी, शान्ति सिंह, राकेशकुमार श्रीवास्तव, विश्वनाथ चौबे, सचितानन्द चौबे, गोवर्द्धन सिंह, गोविन्द श्रेष्ठ, आशोकजङ्ग थापा, विष्णुमान श्रेष्ठ सम्मानित हुनुभएको छ ।

अग्रज खेलाडीलाई ओलम्पिक कमिटी कोषाध्यक्ष टण्डन, खेलकुद परिषद् सदस्य सुमित्रा चौधरी, नेपाली सेनाको ४ नं बाहिनी अड्डाका बाहिनीपति उत्तम कुमार विष्ट, तत्कालीन मध्यपश्चिम खेलकुद विकास समितिका अध्यक्ष भीम ओली, नेपालगञ्जका व्यवसायी कृष्णप्रसाद श्रेष्ठ, सञ्जय थापा लगायतले दोसल्ला ओढाई प्रमाणपत्र सहित सम्मान गर्नुभएको थियो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button