२०७९ साल असार १८ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

कलाकार पोखरेल अभिनीत “म, मेरो देश अनि म” गीतको म्युजिक भिडियो विमोचन

रेडियो नेपाल २०७९ असार ७ गते १९:३७

काठमाडौँ । वरिष्ठ कलाकार तथा पत्रकार भूषण पोखरेल अभिनीत “म, मेरो देश अनि म” गीतको म्युजिक भिडियोको विमोचन भएको छ ।

विश्व सङ्गीत दिवसको अवसरमा आज काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच सो म्युजिक भिडियोको विमोचन गरिएको हो ।

म्युजिक भिडियोमा चार वटा गीत रहेको कलाकार पोखरेलले जानकारी दिनुभयो । सो म्युजिक भिडियोमा पोखरेलको अभिनय रहेको छ भने, शब्द तथा सङ्गीत बद्री देशारको रहेको छ । त्यस्तै भिडियोको निर्देशन प्रधुम्न मिश्रको गर्नुभएको छ ।

गीतमा प्रेमध्वज प्रधान, निशा देशार, प्रताप दास र सङ्गीता प्रधानको स्वर रहेको छ । प्रधानको आवाजमा “यो नेपाली शिर झुक्दैन” बोलको गीत रहेको छ । साथै यो गीत प्रेमध्वज प्रधानको जीवनको अन्तिम गीत रहेको आयोजकले जानकारी दिएको छ ।

सम्बन्धित