तपाईँ सुन्दै हुनुहुन्छः

इलाम जिससमा समाजवादी र एमाले गठबन्धन विजयी

इलाम । इलामको जिल्ला समन्वय समितिमा नेकपा एकीकृत समाजवादी र नेकपा एमाले गठबन्धनबाट विजयी बनेका छन् । जिसस गठनमा दुवै पार्टीले तालमेल गरी विजय हासिल गरेका हुन् ।

शनिबार सम्पन्न निर्वाचनमा गठबन्धनबाट एमालेका जयप्रकाश राई जिसस प्रमुखमा विजयी हुनुभयो । उप्रप्रमुखमा नेकपा एसकी चित्रकला बराइली विजयी बन्नुभयो । गठबन्धनबाट ९ सदस्यीय जिससमा एमालेबाट प्रमुखसहित ३ खुला र २ महिला सदस्य, नेकपा (एस)बाट उपप्रमुखसहित १ दलित महिला सदस्य र १ महिला सदस्य निर्वाचित भएका छन् ।

जिल्लाका १० पालिकाका २० प्रमुख र उपप्रमुखमध्ये एमालेको १०, काँग्रेसको ७, नेकपा एसको २ र जसपाको १ मत थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button