तपाईँ सुन्दै हुनुहुन्छः

रुपन्देही जिल्ला समन्वय समितिको प्रमुखमा कांग्रेस विजयी 

लुम्बिनी । जिल्ला समन्वय समिति रुपन्देहीको आज सम्पन्न निर्वाचनमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेपाली काँग्रेसका प्रमुख पदका उम्मेदवार उमाकान्त चपाईँ २० मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का नरबहादुर घर्ती मगरले १२ मत प्राप्त गर्नुभएको छ ।

जिल्लामा १६ पालिकाका ३२ मतभार रहेको जिल्ला समन्वय समितिको निर्वाचनमा उपप्रमुखमा लोकतान्त्रिक समाजवादी पार्टीका रामकृपाल धोबी १६ मत प्राप्त गरेर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका पवित्रादेवी श्रेष्ठले १५ मत पाउनुभएको छ ।

यस्तै महिला सदस्यमा नेपाली काँग्रेसका विष्णुमाया सुवेदी जयसवाल, दलित वा अल्पसङ्ख्यकमा काँग्रेसका राजमनप्रसाद हरिजन, सदस्यमा काँग्रेसकै अब्दुल मोकिम मुसलमान, ऋषिराम बस्याल र लोसपाका मुकेशकुमार पाण्डे विजयी हुनुभएको छ ।

यस्तै नेकपा (माओवादी केन्द्र)का मञ्जु परियार र लोसपाका बुधनी चमार विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।रासस 

प्रतिक्रिया राख्नुहोस्

Back to top button