तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा दुई दिनदेखि बेपत्ता महिला मृत फेला

सल्यान ।सल्यानमा दुई दिन देखि बेपत्ता महिला मृत अवस्थामा फेला परेकी छन् । जिल्लाको कालीमाटी गाउँपालिका २ तिखेतराकी ६२ वर्षीया डम्बरी कुँवरको शव शारदा नदिमा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

१७ गते बिहान ८ बजे हेराउन जान्छु भन्दै घरबाट गएपछि परिवारसँग सम्पर्क विहीन भएकी थिइन । परिवारले खोजिकार्य गर्नेक्रममा आफ्नै छोराले बिहीबार दिउँसो सोही ठाउँमा पर्ने शारदा नदीको बिचमा शव अड्किएको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक सन्तोष खनालले बताउनुभयो ।

शवको तुलसीपुर दाङमा पोष्टमार्टमपछि परिवारको जिम्मा लगाएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button