तपाईँ सुन्दै हुनुहुन्छः

भोलिको संसद् बैठकमा बजेट पेश हुने

काठमाडौँ । सरकारले भोलि आइतबार अपराह्न ४ बजे संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० का लागि नेपाल सरकारको आय व्ययको विवरण बजेट प्रस्तुत गर्ने भएको छ ।

अर्थमन्त्री जर्नादन शर्माले संवैधानिक व्यवस्था अनुसार भोलि जेठ १५ गते अपराह्न ४ बजे संसद्मा बजेट प्रस्तुत गर्नुहुनेछ ।

File Photo

बजेट प्रस्तुत गर्ने सन्दर्भमा शनिबार अर्थमन्त्री जर्नादन शर्माले आर्थिक वर्ष २०७८/७९को आर्थिक सर्वेक्षण, सार्वजनिक संस्थानहरूको वार्षिक स्थिति समीक्षा २०७९, मन्त्रालयगत प्रगति र विवरण २०७७ बैठक समक्ष प्रस्तुत गर्नुभयो ।

शनिवारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट अपराह्न ४ बजे सङ्घीय संसद्मा प्रस्तुत गर्ने कार्यतालिका रहेकोले ३ः४५ बजेभित्र संसद्मा उपस्थित हुन सबै सांसदहरूलाई आग्रह गर्नुभएको थियो ।

अर्थमन्त्रीले बजेट प्रस्तुत गर्ने कार्यक्रमको रेडियो नेपालले प्रत्यक्ष प्रसारण गर्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button