तपाईँ सुन्दै हुनुहुन्छः

गणतन्त्र दिवसको अवसरमा दौड प्रतियोगिता सम्पन्न

मकवानपुर । गणतन्त्र दिवस–२०७९ को अवसरमा बागमती प्रदेशको राजधानी हेटौँडामा शनिबार खुला दौड प्रतियोगिता सम्पन्न भएको छ । प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा महिला तथा पुरुष खुल्ला दौड प्रतियोगिता भएको हो ।

प्रतियोगितामा पुरुषतर्फ हेटौँडा १४ का सञ्जीव मिजार र महिलातर्फ गोरखबहादुर गणका भिष्मा बस्नेत प्रथम हुनुभएको छ । प्रतियोगितामा सञ्जीव निर्धारित ६ किमी दुरी २३ दशमलव २६ मिनेटमा पार गर्दै प्रथम हुनुभयो । यस्तै, पुरुष तर्फ प्रतियोगितामा नारायण जिसीले २३ दशमलव ३१ र गणेश बहादुर कुँवरले २३ दशमलव ४७ मिनेटमा निर्धारित दुरी पार गर्दै द्वितीय र तृतीय हुनुभएको थियो ।

त्यस्तै, महिलातर्फ भिष्मा बस्नेतले २७ दशमलव ३८ मिनेटमा निर्धारित दूरी पार गर्दै प्रथम हुनुभयो भने क्रमशः बसन्ती गोले २८ दशमलव ४२ मिनेट र दुर्गा स्वतीले ३० दशमलव ३५ मिनेटमा निर्धारित दुरी पार गर्दै द्वितीय र तृतीय हुनुभयो । प्रतियोगितामा प्रथम हुने सञ्जीव र भिष्माले नगद १५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नुभयो भने, द्वितीय हुनेले नगद १० हजार र तृतीय हुनेले नगद ५ हजार रुपैयाँ प्राप्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button