तपाईँ सुन्दै हुनुहुन्छः

नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु

सल्यान । सल्यानमा नुहाउन गएका पुरुषको पानीमा डुबेर मृत्यु भएको छ ।

जिल्लाको शारदा नगरपालिका १४ च्याउ खोलाका अन्दाजी ३७ वर्षीय बहादुर शाहीको सिद्ध कुमाख गाउँपालिका ३ ढोरचौर स्थित शारदा नदीमा नुहाउने क्रममा खाल्डोमा डुबेर मृत्यु भएको हो ।

स्थानीयको मलामी गएका उनले नुहाउने क्रममा खाल्डोमा परी धेरै पानी खाएको र उपचारको क्रममा सल्यान जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button