मुस्लिन । पहिरोको कारण अवरुद्ध भएको नारायणगढ–मुस्लिन सडक खण्ड एकतर्फी सञ्चालन भएको छ ।
साँझ ६ः३० बजेबाट एकतर्फी मात्र यातायात सञ्चालनमा रहेको र दुईतर्फी सडक खुलाउन अझै केही समय लाग्ने प्रहरीले जनाएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका–६ नाम्दीखोला नजिकै आज साँझ ५ः३० बजेको समयमा सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।
पहिरोसँगै खसेको ढुङ्गाले लागेर कावासोती नगरपालिका–७ बस्ने ३६ वर्षीय टीकाराम महतो सामान्य घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । मानवीय क्षति नभए पनि दुई वटा सवारी साधनमा क्षति पुगेको छ ।