तपाईँ सुन्दै हुनुहुन्छः

‘मानवताको रक्षा गर्न मानव सेवा आश्रमको भूमिका महत्त्वपूर्ण’

जनकपुरधाम । जनकपुरधाममा मानव सेवा आश्रमको १८ औँ शाखा आज देखि सञ्चालनमा आएको छ । सडक पेटी, सार्वजनिक स्थल तथा खुल्ला आकाश मुनि कष्टकर जीवन बिताउनेहरूलाई उद्धार गरेर मानव सेवा आश्रममा लगेर सेवा दिँदै आएको संस्थाको कामको सबै पक्षबाट प्रशंसा गरिएको छ ।

जनकपुरधामको वडा नंं १५ मा सञ्चालन आएको मानव सेवा आश्रमको उद्घाटन मधेश प्रदेशका प्रमुख हरिशंकर मिश्रले गर्नुभयो । कार्यक्रममा प्रदेश प्रमुख मिश्रले मानव सेवा आश्रमले मानवताको रक्षाका लागि गरिरहेको कामको उच्च प्रशंसा गर्दै जनकपुरधाममा पनि शाखा स्थापना हुनु निक्कै सुखद भएको बताउनुभयो ।

उहाँले मानव सेवा आश्रमले सडक पेटीमा रहेको तथा खुल्ला आकाशमुनि अलपत्र अवस्थामा रहेका व्यक्तिहरूलाई उद्धार गरेर प्रदान गर्दै आएको सेवा निक्कै उच्च कोटीको रहेको बताउँदै अन्य संस्थाहरूका लागि लागि पनि अनुकरणीय भएको बताउनुभयो ।

प्रदेश नंं २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले मानव सेवा आश्रमले मानवताको रक्षाका लागि गर्दै आएको कामकाजको उच्च प्रशंसा गर्दै यसमा प्रदेश सरकारबाट पनि उचित सहयोग हुने बताउनुभयो ।

कार्यक्रममा जनकपुरधामका समाजसेवी पवन सिघानीया, जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साह तथा मानव सेवा आश्रमका सञ्चालकहरूले संस्थाले गर्दै आएको कामकाजको बारेमा जानकारी दिनुभयो ।

जनकपुरधाममा सञ्चालनमा आएको मानव सेवा आश्रममा ७० जना त्यस्ता व्यक्तिहरूलाई उद्धार गरेर संरक्षण गर्ने परि पूर्वाधार सहितको व्यवस्थापन गर्ने काम भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button