२०७९ साल असार १८ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिममा पाठ्यपुस्तक अभाव

जगत साउद

रेडियो नेपाल २०७९ जेठ १४ गते ८:३०

धनगढी । सुदूरपश्चिम प्रदेशमा पाठ्यपुस्तकको अभाव देखिएको छ । समयमै पाठ्यपुस्तक नआउँदा  सामुदायिक विद्यालयको पठनपाठनमा समस्या भएको छ ।

शैक्षिक सत्र सुरु भइसक्दा समेत पाठ्यपुस्तक नपाउँदा विद्यार्थीहरू चिन्तित  छन् । विद्यार्थीको हातमा पाठ्यपुस्तक नपुगेपछि अभिभावकहरूले समेत बालबालिकालाई विद्यालय पठाउन आनाकानी गरेका छन् ।

पाठ्यपुस्तक नहुँदा पठनपाठन प्रभावित भएको सामुदायिक विद्यालयका शिक्षकहरूको भनाई छ । पाठ्यपुस्तक नहुँदा विद्यार्थीहरू पठनपाठनमा सरिक नहुने गरेको र अध्यापन गराउन पनि समस्या भएको शिक्षक केशव मिश्र बताउनुहुन्छ । त्यसमाथि यसपालि कक्षा ४, ७ र ९ को पाठ्यक्रम परिवर्तन भएकाले थप अन्यौलता देखिएको छ । पाठ्यपुस्तकका लागि विद्यार्थीहरू प्राय जसो दिनहुँ पुस्तक पसलमा आउने गरेका छन्, किताब आउनेबारे अन्योल छ, उनीहरू रित्तै फर्किन्छन् अधिकृत बिक्रेता हरि रेग्मीले भन्नुभयो ।

सामुदायिक विद्यालयका लागी पाठ्यपुस्तक बिक्री वितरण गर्दै आएको जनक शिक्षा सामाग्री केन्द्रका अनुसार सुदूरपश्चिम प्रदेशमा करिब २४ लाख थान किताब आवश्यक पर्ने देखिन्छ । प्रदेशका दुर्गम पहाडी जिल्लामा पाठ्यपुस्तक पठाई सकिएको र जेठ मसान्त सम्म कैलाली सहित सबै जिल्लामा पाठ्यपुस्तक पुर्‍याइसक्ने लक्ष्य रहेको केन्द्रले जनाएको छ ।

सम्बन्धित