तपाईँ सुन्दै हुनुहुन्छः

इथियोपियामा दर्जनभन्दा बढी पत्रकार पक्राउ

नैरोबी। इथियोपियामा अपराधविरोधी अभियानलाई साथ दिएको आरोपमा कम्तीमा एक दर्जनभन्दा बढी पत्रकार पक्राउ परेका सञ्चारकर्मी तथा अधिकारकर्मी समूहले शुक्रबार बताएका छन् । अन्तर्राष्ट्रिय समुदायले चासोका साथ हेर्दै आएको उक्त धरपकडमा अपराध विरोधी अभियानमा सम्लग्न चार हजारभन्दा बढी मानिसहरूलाई पक्राउ गरी कडा सुरक्षा नियन्त्रणमा राखेको पत्रकार तथा अधिकार समूहहरूले बताएका छन् ।

पछिल्लो समय अभियानबारे समाचार लेखेको आरोपमा पत्रकारहरूलाई पनि निसाना बनाइएको रिपोर्ट गरिएको छ ।

हालैको गिरफ्तारीमा अम्हारिक भाषाको पत्रिका ‘फितिह’ का प्रधान सम्पादक टेमेस्जेन डेसालेगन पनि पर्नुभएको छ । उहाँलाई बिहीबार बिहान आफ्नो कार्यालयबाट सादा पोषाकमा आएका सुरक्षाकर्मीले पक्राउ गरेका उहाँका सहकर्मी मिस्गन जिनाबुले एएफपीलाई बताउनुभयो ।

“सुरुमा त उनीहरूले टेमेजनलाई स्थानीय प्रहरी चौकीमा लगे । सुरक्षा बलले उहाँलाई पछि गोप्य स्थानमा सारेको छ ।” उहाँलाई कहाँ राखिएको भन्नेबारे कुनै जानकारी आएको छैन ।

प्रहरीले बिहीबार टेमेस्जेनको घरमा पनि आक्रमण गरेका पत्रिका, डिस्क ड्राइभ र क्यामेरा जफत गरेका बताइएको छ ।

अर्का पत्रकार तथा युट्युबर यायसेवे शिमेलीस बिहीबार दिउँसो राजधानी अदिस अबाबास्थित घरबाट पक्राउ पर्नुभएको उहाँका पूर्व सहकर्मी बेकल अलामिरेले एएफपीलाई बताउनुभयो ।

पूर्व टिभी होस्टलाई शुक्रबार अदालतमा उपस्थित गरिएको बताउँदै उहाँले भन्नुभयो, “याइसेवलाई प्रहरीले समाचारमार्फत हिंसा भड्काउने काम गरेको आरोप लगाइएको छ ।”

दुवैले आफ्नो यूट्यूब च्यानलमा इथियोपियाली घटनाक्रमलाई रिपोर्टिङ गरेको थिए। दुवैले गत हप्ता अम्हारामा उनीहरूका स्टुडियोहरूमा छापा मारिएको र कर्मचारीहरूलाई लगिएको बताएका थिए ।

पक्राउ धेरै पत्रकारहरूलाई कहाँ राखिएको छ भन्ने जानकारी गराइएको छैन । अशारा नामक समाचार संस्थाले पनि आफ्ना यसका पाँच जना कर्मचारीलाई पक्राउ गरिएको बताएको छ ।

यूट्यूबमार्फत् कार्यक्रम चलाउँदै आएका प्रसिद्ध कार्यक्रम प्रस्तोता सोलोमन शुमीलाई पनि गत हप्ता अदिस अबाबाबाट पक्राउ गरिएको थियो । उहाँमाथि पनि हिंसा भड्काउने खालका सामग्री प्रशारण गरेको आरोप लगाइएको दिदी टिगिस्ट शुमीले बताउनुभयो ।

इथियोपियामा अपराध तथा भ्रष्टाचारविरोधी आन्दोलनले उत्कर्ष स्वरूप लिन थालेपछि यहाँको प्रशासनले चर्चित अभियन्ताहरूलाई पक्राउ गरेको छ ।एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button