तपाईँ सुन्दै हुनुहुन्छः

यूक्रेनका राष्ट्रपति र फिनल्याण्डका प्रधानमन्त्रीबीच भेटवार्ता

कीभ। यूक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनेस्की र फिनल्याण्डका प्रधानमन्त्री सान मारिनबीच भेटवार्ता भएको छ ।

यूक्रेन भ्रमणमा रहनुभएका मारिनले जेलेनेस्कीलाई यूक्रेनको राजधानी कीभमा विहीबार भेटवार्ता गर्नु भएको हो ।

भेटवार्ताका क्रममा उहाँहरुले यूरोपेली मुलुकहरुको आपसी सम्बन्ध र सहकार्यका बारेमा छलफल गर्नु भएको थियो ।

राष्ट्रपति जेलेनेस्कीको सचिवालयले दिएको जानकारी अनुसार उहाँहरुले युद्धपछि यूक्रेनलाई चाहिएको सहयोग, त्यसका लागि आवश्यक कामहरुका बारेमा कुराकानी गर्नुभएको थियो ।

सो अवसरमा आर्थिक, सुरक्षा र मानवीयता सम्वन्धी सहयोगहरु उपलब्ध गराएकोमा यूक्रेनका राष्ट्रपति जेलेनेस्कीले फिनल्याण्डका प्रधानमन्त्रीलाई धन्यवाद पनि दिनुभएको थियो ।सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button