तपाईँ सुन्दै हुनुहुन्छः

‘सञ्चारमाध्यमलाई व्यवस्थित गरिनेछ’

जनकपुर । मधेस प्रदेशका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साहले सञ्चारमाध्यमलाई व्यवस्थित बनाउने कार्यको थालनी प्रदेश सरकारले सुरु गरेको बताउनुभएको छ ।

मधेस प्रदेश आमसञ्चार प्राधिकरणद्वारा अनलाइन सञ्चारमाध्यम दर्ता एवम् नवीकरण तथा कार्यालयको वेबसाइट शुभारम्भ कार्यक्रममा उहाँले सञ्चारमाध्यमको दर्ता अभिलेख तयार पार्ने र त्यसलाई व्यवस्थित बनाउने कार्यलाई सरकारले महत्त्वका साथ अघि बढाएको बताउनुभयो ।

बिना दर्ता अव्यवस्थित रूपमा सञ्चालित सञ्चारमाध्यमलाई कानुनी दायरामा ल्याउनाका साथै लोककल्याणकारी विज्ञापन लगायत सेवा सुविधा उपलब्ध गराउने बताउँदै मन्त्री साहले सञ्चारकर्मी र सञ्चारमाध्यमहरूको पेसागत हितका लागि योजनाबद्ध तयारी सरकार अघि बढेको बताउनुभयो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button