तपाईँ सुन्दै हुनुहुन्छः

सरसफाइ मजदुरलाई तालिमको व्यवस्था गर्न मन्त्री आलेको निर्देशन

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले मन्त्रालयअन्तर्गत निकाय तथा विभागमा कार्यरत सरसफाइ मजदुरलाई तालिमको व्यवस्था गर्न निर्देशन दिनुभएको छ ।

file photo

सफाइ अभियन्ता खेम शर्माले मन्त्रालयको निर्देशनमा मन्त्रालय मातहतका सात स्थानमा गरेको सरसफाइ अवस्थाको अध्ययन प्रतिवेदन बुझ्नुहुँदै मन्त्री आलेले उक्त निर्देशन दिनुभएको हो ।

अभियन्ता शर्माले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत सांस्कृतिक, पर्यटकीय तथा व्यावसायिक महत्त्वका स्थानको एक हप्ता लगाएर सरसफाइ अवस्थाको अनुगमन गर्नुभएको थियो ।

मन्त्री आलेले सम्बन्धित निकायले तत्काल सफाइ मजदुरलाई आफ्नो पेशाप्रति गौरव हुने र सीपयुक्त बन्ने गरी तालिमको व्यवस्था गर्न निर्देशन दिनुभयो । पहिलो चरणमा पर्यटकको बाक्लो आगमन हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत सफाइ मजदुरलाई तालिम दिन र त्यहाँको कामको प्रभावकारी अनुगमन गर्न पनि मन्त्री आलेले निर्देशन दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button