तपाईँ सुन्दै हुनुहुन्छः

शनिबार आर्थिक सर्वेक्षण, आइतबार बजेट

काठमाडौँ । प्रतिनिधिसभामा शनिबार आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षण पेश हुने भएको छ । बैठकमा आजका लागि नै आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची रहेपनि प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)को अवरोधका कारण पेश हुन पाएन ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नु भन्दा अघि नै आर्थिक सर्वेक्षण पेश गर्नुपर्ने व्यवस्था छ । अर्थमन्त्री जनार्दन शर्माले उक्त आर्थिक सर्वेक्षण पेश गर्नुहुने कार्यक्रम छ ।

यही जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्रीले आगामी आवको बजेट पेश गर्नुहुनेछ । गणतन्त्र दिवसको दिन पारेर नै बजेट पेश गर्ने गरी संविधानमा नै व्यवस्था गरिएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button