तपाईँ सुन्दै हुनुहुन्छः

शाहरुख खानका छोराले पाए सफाइ

मुम्बई । लागुऔषध मुद्दा खेपिरहेका बलिउड कलाकार शाहरुख खानका छोरा आर्यन खानलाई उनले गलत काम नगरेको जनाउँदै लागू औषध नियन्त्रण विभागले सफाइ दिएको छ । 

गत अक्टोबरमा एक पानी जहाजमा आर्यन र उनका १८ जना साथीलाई लागू औषधसहित विभागले पक्राउ गरेको थियो । यद्यपि आर्यनबाट विभागले लागू औषध बरामद गरेको थिएन । प्रारम्भिक अनुसन्धानपछि दुई जना बाहेक सबै अभियुक्त धरौटीमा छुटेका थिए । 

सुरुमा विभागको मुम्बई कार्यालयले उक्त मुद्दाको अनुसन्धान गरेको थियो भने पछि विभागको प्रधान कार्यालय नयाँ दिल्लीका नायब महानिर्देशक नेतृत्वको विशेष अनुसन्धान टोलीले छानबिन गरेको थियो । 

यसैबिच, विभागले अन्य आरोपी विरुद्ध शुक्रवार मुद्दा दायर गरेको छ । गत मार्चमा विशेष अदालतले विभागलाई  आरोप पत्र दायर गर्न ६० दिनको म्याद दिएको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button