तपाईँ सुन्दै हुनुहुन्छः

नगर प्रमुखद्वारा निर्माणाधीन सडकको निरीक्षण

बझाङ । ‘जालेबगर सडक पुनर्निर्माणमा ढिलाइ, राजमार्ग बन्द हुने चिन्ता’ भन्ने शीर्षकमा जेठ ९ गते रेडियो नेपालको अनलाइनमा समाचार प्रकाशित भएपछि बझाङको जय पृथ्वी नगरपालिकाका प्रमुख चेतराज बजालले जय पृथ्वी राजमार्गस्थित पुनर्निर्माण भइरहेको जालेबगर सडक खण्डको निरीक्षण गर्नुभएको छ ।

गत कार्त्तिकमा सेती नदीमा आएको बाढीले बगाएको सडक पुनर्निर्माण भइरहेको छ । बेमौसमी वर्षाका कारण आएको बाढीले राजमार्गको जालेबगरमा सडक बगाएको थियो ।

वर्षा याम सुरु हुन लाग्दा सेती नदीमा पानीको बहाव बढेको र वैकल्पिक सडक पनि बगाउने सम्भावना भएपछि पुनर्निर्माणको काम भए नभएकोबारे प्रमुख बजालले निरीक्षण गर्नुभएको हो ।

निरीक्षणपछि बजालले निर्माण कम्पनी ड्रागन, जगदम्बा, सुर्मा सरोवर जेभीका सञ्चालक शेरबहादुर बोहराबाट केही दिनमा चट्टान विस्फोटनको कार्य थालिने र लगभग १५ दिनसम्म काम सकिने जानकारी पाएको प्रतिक्रिया दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button