तपाईँ सुन्दै हुनुहुन्छः

भरतपुर महानगर प्रमुख दाहाल चढेको गाडी दुर्घटना

काठमाडौँ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल चढेको गाडी दुर्घटना हुँदा दाहाल सामान्य घाइते हुनुभएको छ । ललितपुरको जावलाखेलस्थित कुसुन्ती जाने सडकमा प्रमुख दाहाल चढेको गाडीको टायर पड्किएर दुर्घटना भएको हो । 

गाडीको टायर पड्किँदा गाडी अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिनुभयो । 

घाइते दाहालको सुमेरु सिटी अस्पतालमा उपचार भई डिस्चार्ज हुनुभएको छ । उहाँको टाउकोमा चोट लागेको जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button