तपाईँ सुन्दै हुनुहुन्छः

बर्दिबासलाई नमूना पालिकाको रुपमा स्थापित गर्न आग्रह

बर्दिबास । बर्दिबास नगरपालिकालाई मुलुककै नमूना पालिकाको रुपमा स्थापित गर्न नवनिर्वाचित जनप्रतिनिधिहरूलाई मधेस प्रदेशसभाका सदस्य शारदा देवी थापाले आग्रह गर्नुभएको छ । 

शुक्रवार रोटरी क्लब बर्दिबासले आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान कार्यक्रममा प्रमुख अतिथि रहनुभएकी प्रदेशसभा सदस्य थापाले जनताको हरेक समस्या सम्बोधन हुने किसिमले भेदभावरहित समाज निर्माणका लागि कार्य सम्पादन गर्न आग्रह गर्नुभयो ।

होटेल व्यवसायी सङ्घ मधेस प्रदेशका अध्यक्ष हीरा गौतमले जनताको जनमत पाएकोले अब पार्टीभन्दा माथि उठेर विकास निर्माणको पथमा अग्रसर हुन जनप्रतिनिधीहरुलाई अनुरोध गर्नुभयो । 

आफ्नो पहिलो उद्देश्य स्वास्थ्य र शिक्षा रहेको नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीले बताउनुभयो । स्वास्थ्य र शिक्षामा आमूल परिवर्तन आफ्नै कार्यकालमा गरिने नगर प्रमुख क्षेत्रीले उद्घोष गर्नुभयो । 

जनमतको कदर गर्दै पालिकाले भेदभावरहित किसिमले विकास निर्माण गरिने नगर उपप्रमुख तारादेवी महतोले बताउनुभयो । 

कार्यक्रम रोटरी क्लब बर्दिबासका अध्यक्ष विष्णु खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button