तपाईँ सुन्दै हुनुहुन्छः

छिन्नमस्तामा आगलागी हुँदा २५ लाख बराबरको धनमाल नष्ट

सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिका ५ मा बिहान करिब ३ बजेको समयमा आगलागी हुँदा २५ लाख बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीय महेन्द्र कामैतको गोठ घरमा मच्छर धपाउन बालेको घुरबाट अचानक आगलागी हुँदा निजको घर गोठ लगायत उनकै ३ जना छोराहरूको घर, धनमाल, लत्ताकपडा, खाद्यान्न, भाँडाकुँडा लगायतको सम्पुर्ण समानहरू जलेर नष्ट भएको छ ।

आगलागीबाट महेन्द्र कामैतको घर र बाख्रा थान १ गरी करिब चार लाख बराबरको क्षति भएको छ भने निजको छोरा शङ्कर कामैतको घर र बाख्रा थान १ गरी पाँच लाख पचासी हजार, शत्रुधन कामैतको घर र बाख्रा थान १ गरी दश लाख पचास हजार र भरत कामैतको घर र बाख्रा थान १ गरी करिब पाँच लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

उक्त आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी, दमकल र स्थानीय बासीहरूको सहयोगमा बिहान ५ बजे नियन्त्रणमा आएको, अन्य थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button