तपाईँ सुन्दै हुनुहुन्छः

९ लाख ५० हजार हुन्डीको रकमसहित भारतीय नागरिक पक्राउ

बीरगंज । ९ लाख ५० हजार हुन्डीको रकमसहित जिल्ला प्रहरी कार्यालय पर्साले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ शङ्कराचार्य गेटमा खटिएको प्रहरी गस्ती टोलीले चेकजाँचको क्रममा रक्सौलबाट वीरगन्जतर्फ आउँदै गरेको प्रदेश ३–०२–०११ प ८६२७ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा ९ लाख ५० हजार रुपैयाँसहित भारत विहार पूर्वी चम्पारण जिल्ला बेतिया थाना गुर्वालिया कचहरी ४ बस्ने ४१ वर्षीय सञ्जय रामलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो ।

हुन्डीको रकम र मोटरसाइकलसहित पक्राउ परेका राम विरुद्ध बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ विरुद्धको कसुरमा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अगाडी बढाइएको खनालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button