२०७९ साल असार २० गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

ट्याक्टर दुर्घटनामा बालकको मृत्यु

ध्रुव अधिकारी २०७९ जेठ १३ गते १६:२८

बीरगंज । पर्साको पर्सागढी नगरपालिका–४ भेडिया खोलामा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ ।

ना ६ त १७५९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार ११ वर्षीय बालक सफराज देवानको मृत्यु भएको हो ।

भेडिया खोला बालुवा लोड गर्न जाने क्रममा ट्याक्टर दुर्घटना हुँदा गम्भीर घाइते भएका देवानको उपचारको क्रममा वीरगञ्ज स्थित न्युरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित