२०७९ साल असार १७ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

आर्थिक वर्ष २०७९/८० नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट बहुमतले पारित

रेडियो नेपाल २०७९ जेठ १३ गते १४:०१

काठमाडौँ । सरकारले पेश गरेको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट बहुमतले पारित भएको छ ।

राष्ट्रिय सभाको हिजोको बैठकमा प्रधानमन्त्री शेर बहादुर देउवाको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ १० गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लेखित आर्थिक वर्ष २०७९/०८० को लागि नेपाल सरकारको नीति तथा कार्यक्रम माथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गरे सँगै छलफल सुरु भएको  थियो ।

सरकारको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम माथि हिजो सासंदहरुले बोल्ने क्रम नसकिएकाले आज फेरी छलफल भएको थियो ।

आजको बैठकमा सरकारको नीति तथा कार्यक्रम माथि छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री शेर बहादुर देउवाको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले दिनुभएको थियो ।

त्यस्तै आजको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल सकिएपछि राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले आ.व. २०७९/०८० को लागि नेपाल सरकारको नीति तथा कार्यक्रम माथिलाई निर्णयार्थ प्रस्तुत गर्नु भएपछि बहुमतले पारित भएको थियो । 

सम्बन्धित