तपाईँ सुन्दै हुनुहुन्छः

अफगानिस्तानमा सर्वसाधारण नागरिकमाथि भएको हिंसाको निन्दा

संयुक्त राष्ट्रसङ्घ। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले अफगानिस्तानका सर्वसाधारण नागरिकहरुमाथि भइरहेको हिंसात्मक हमलाको निन्दा गर्नुभएको छ । उहाँका प्रवक्ताले बिहीबार एक विज्ञप्ति प्रकाशन गरेर संयुक्त राष्ट्रसङ्घीय प्रमुख गुटर्रेसले अफगानिस्तानको राजधानी काबुल र यस देशको उत्तरी क्षेत्रमा अवस्थित सहर मजार इ सरिफमा भएका नागरिक हत्याका घटनाको निन्दा गर्नुभएको बताउनुभएको छ ।

त्यस विज्ञप्तिमा ती हमलाहरुमा परेर ज्यान गुमाएकाहरुप्रति प्रमुख गुटर्रेसले श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ भने मृतकका परिवारहरुप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । गत बुधबार अफगानिस्तानको मजार इ सरिफमा भएको हिंसात्मक विस्फोटमा परी १४ जनाको ज्यान गएको थियो भने अरु ३२ जना घाइते भएका थिए ।

त्यस्तै बुधबार नै राजधानी काबुलमा भएको यस्तै आक्रमणमा परेर पाँच जनाको ज्यान गएको र अरु कैयौँ घाइते भएका थिए ।पछिल्ला दिनहरुमा अफगानिस्तानका कतिपय स्थानमा सर्वसाधारण नागरिकलाई नै लक्ष गरेर हिंसात्मक हमलाका घट्ना बढ्न थालेका छन् ।सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button