तपाईँ सुन्दै हुनुहुन्छः

युक्रेनको खारकिभमा रुसको आक्रमण- ८ को मृत्यु

फाइल फोटो

काठमाडौं । युक्रेनको दोस्रो ठुलो सहर खारकिभमा रुसी हवाई आक्रमणमा परी हालसम्म आठ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

मृत्यु हुने सबै अमनागरिक रहेको सञ्चार माध्यम बिबिसीले जनाएको छ ।

यसैगरी युक्रेनको पूर्वी क्षेत्र डोनबासमा रुससँग भीषण युद्ध जारी रहेको युक्रेनको रक्षा मन्त्रालयले उल्लेख गरेको छ ।

यसैबीच विश्वमा चरम खाद्य समस्याको समाचार आइरहँदा रुसी राष्ट्रपति भ्यालदमिर पुटिनले पश्चिममा राष्ट्रहरूले रुस माथि लगाइएको प्रतिबन्ध फुकुवा गरेको खण्डमा खाद्य सुरक्षाका लागि काम गर्न रुस तयार रहेको बताउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button